सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाए इन्टरनेटको मूल्य पाँच गुणासम्म बढ्न सक्ने चेतावनी इन्टरनेट सेवा प्रदायकहरूले दिएका छन्।
इन्टरनेट सेवा प्रदायकका अनुसार, सामाजिक सञ्जाल बन्द गरे सेवाग्राहीहरूले भीपीएन र ओपन डीएनएस अत्यधिक प्रयोग गर्ने निश्चित भएकाले अन्तर्राष्ट्रिय ब्यान्डविथमा अत्यधिक चाप पर्छ। यसअघि टिकटक प्रतिबन्धको समयमा पनि यस्तै अवस्था देखिएको थियो।
नेपाल टेलिकमका अनुसार, टेलिकमको कुल डेटा ब्यान्डविथ खपतको ४० प्रतिशत हिस्सा मात्र फेसबुक प्रयोगकर्ताले उपयोग गर्छन्। यदि यी प्ल्याटफर्महरू बन्द भए भने सामान्य ग्राहकहरूलाई अहिलेको जस्तो सस्तो दरमा इन्टरनेट सेवा दिन सकिँदैन।
वर्तमानमा एक हजार रुपैयाँमा पाइने इन्टरनेट सेवा भविष्यमा पाँच हजारसम्म पुग्न सक्ने यो चेतावनी गम्भीर छ।
थप टेक समाचारका लागि हामीलाई फलो गर्नुहोस्। धन्यवाद।"