Huawei GR5
Apple iMac with retina display
Samsung Galaxy S6 Edge
Nikon D5500
Samsung Gear S2
iPad Air 2
FILE UNDER: Cars
Posted By: MeroGadget, Posted on: Jun 6th 2013, 2:14PM

पछिल्लो समय गाडी आवश्यकता र सौख दुबै बनिरहेको छ । नेपालमा पनि गाडीका प्रयोगकर्ताहरु बढ्दै गएका छन् । तुलनात्मकरुपमा कम आयका बिकाशशील देशहरुमा जस्तै नेपालमा पनि न्यून मूल्यका चार पाङ्ग्रे सवारी सधानको बिक्रि बढिरहेको छ । कम मूल्यमा पनि धेरै सेवा-सुविधा भएका गाडीहरु नेपाली बजारमै उपलब्ध हुन थालेपछि नेपालमा गाडिको प्रयोग बढ्न थालेको व्यवसायीहरु बताउँछन् । आरामदायी र सुबिधासम्पन्न गाडीभन्दा १५ देखि २५ लाख रुपैयाँका गाडीको बिक्रि बढिरहेको उनीहरुको तथ्याङ्कले देखाउँछ ।विश्व विख्यात कम्पनीका गाडीहरु नेपाली बजारमा उपलब्ध भएपनि राज्यले लिने कर र अन्य लागतले गर्दा त्यस्ता गाडिहरु नेपालका सबै उपभोक्ताको पहुँचमा छैनन् । राज्यले अटो मोबाईल क्षेत्रलाई कर उठाउने क्षेत्रका रुपमा मात्र हेर्दा नेपालमा गाडीको मूल्य उच्च हुन गएको अटो व्यवसायी शौरभ ज्योती बताउनुहुन्छ ।

नेपाली उपभोक्ताको क्रय शक्ति अन्य देशका उपभोक्ताको तुलनामा निकै कम रहेको छ । यहि कारण नेपाली उपभोक्ता साना र सस्ता कारहरु बढी प्रयोग गर्छन् । खासगरी नेपाली उपभोक्तामाझ हुन्डाई, मारुती, टाटा, फियट, स्कोडा, भक्सवागन, किया र चीन तथा भारतमा निर्मित सस्तो मूल्यका गाडीहरु रोजाइमा परेका छन् ।

हुन्डाई (आई टेन, आई ट्वान्टी):

 


कोरियन कम्पनी हुन्डाईले विगत १० वर्षदेखि नेपाली बजारमा आफ्ना कारहरु बिक्री गर्दै आएको छ । हुन्डाईको नेपालका लागि आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका अनुसार नेपाली बजारमा हुन्डाईको आई टेन, आई ट्वान्टी र सेन्ट्रो गाडीले आफ्नो बर्चस्व कायम गर्दै आएको छ । आकर्षक मोडल, फ्यूल इफिसेन्सी, सहज रि-सेल्स, उत्कृष्ट सर्भिस लगाएतका कारण हुन्डाईप्रति उपभोक्ताको आकर्षण बढ्न गएको कम्पनीको दाबि छ ।आई टेन सस्तो, सुविधा सम्पन्न, आकर्षक मोडलको कार हो । कम्पनीका अनुसार नेपाली सडकमा यो गाडी साढे ६ हजारको हाराहारीमा गुडिरहेका छन् । १०८६ देखि ११९७ सीसी क्षमताको यो गाडी पेट्रोलबाट चल्छ । भारतमा एसेम्बल गरिएको यो गाडीको नेपाली बजारमा १९ लाख ९६ हजार रुपैयाँदेखि २१ लाख ५६ हजार रुपैयाँसम्म पर्छ ।

 

सुजुकी (स्वीफ्ट डिजायर):


पछिल्लो समय नेपाली बजारमा सुजुकीको स्वीफ्ट डिजायर कारको बिक्री पन उचित सिजी अटोमोबाइल्सले जनाएको छ । भारतमा निर्माण गरिएको यो गाडीको इन्जिन क्षमता ११९० सीसी रहेको छ । पेट्रोल इन्जिन उपलब्ध यो गाडीको मूल्य नेपाली बजारमा साढे ३० लाख रुपैयाँ पर्छ ।

फोर्ड (फिगो):


अमेरिकन कम्पनी फोर्डका साना गाडी पनि नेपाली उपभोक्ताको रोजाइमा परेका छन् । फोर्डको नेपालका लागि आधिकारीक बिक्रेता गो अटोमोबाइल्सका अनुसार फिगो मोडलको गाडी नेपाली उपभोक्तामाझ निकै लोकपि्रय बनिरहेको छ । भारतमा एसेम्बल गरिएको फिगो गाडीको इन्जिन क्षमता १२ सय सीसी (पेट्रोल) र १४ सय सीसी (डिजेल) रहेको छ । नेपालमा यो गाडीको मूल्य १८ लाख ९९ हजार रुपैयाँदेखि २७ लाख ४९ हजार रुपैयाँसम्म पर्छ । फिगो गाडी हालसम्म १३ सयको हाराहारीमा बिक्री भइसकेको कम्पनीको दाबि छ ।


फियट (पुन्टो):

 


इटालियन कम्पनी फियाटको पुन्टो गाडी पनि नेपाली उपभोक्ताको रोजाइमा पर्न सफल भएको छ । भारतमा एसेम्बल गरिएको यो गाडी डिजेल र पेट्रोल दुबै मोडलमा उपलब्ध रहेको छ । पुन्टोको इन्जिन क्षमता १२०० सीसीदेखि १३०० सीसीसम्म रहेको छ । भारतमा एसेम्बल गरिएको यो गाडीको मूल्य नेपाली बजारमा सेवा-सुविधा हेरिकन २३ लाख रुपैयाँदेखि ३२ लाख रुपैयाँसम्म पर्छ । पियटका गाडीहरु बतास ब्रदर्सले नेपाली बजारमा बिक्री बितरण गर्दै आएको छ ।

 

भक्सवागन (पोलो):


जर्मनीको चर्चित गाडी उत्पादक कम्पनी फक्सवागनका गाडीहरु नेपालमा पूजा इन्टरनेशनलले बिक्री गर्दै आएको छ । मध्यम वर्गलाई लक्षित गरि ल्याइएको पोलो ५ सयको हाराहारीमा बिक्री गरिसकेको दाबि गरेको छ । भारतमा एसेम्बल गरिएको पोलो पेट्रोल इन्जिनमा उपलब्ध रहेको छ । ११९८ देखि १५९८ सीसी इन्जिन क्षमता भएको पोलो गाडीको नेपाली बजारमा २३ लाख १९ हजार रुपैयाँदेखि ३० लाख ९५ हजार रुपैयाँसम्म पर्छ ।

 

स्कोडा (फाविया):


यूरोपियन कार निर्माता कम्पनी स्कोडाको फाविया गाडी नेपाली उपभोक्ताले रुचाएको मोडल हो । भारतमा एसेम्बल गरिएको फावियामा फक्सवागन इञ्जिन जडान गरिएको छ । गाडीको डिजाइन हेर्दा आकर्षक समेत रहेका छ । ११९८ सीसी इञ्जिन क्षमताको फाविया पेट्रोल मोडलमा उपलब्ध छ । यो गाडीको मूल्य २३ लाख ९५ हजार रुपैयाँदेखि २५ लाख ९५ हजाररुपैयाँ सम्म पर्छ । स्कोडा गाडिको नेपालमा मोरङ अटो वक्र्सले बिक्री बितरण गर्दै आएको छ ।

 

इण्डिका (भिष्टा):


भारतीय गाडी उत्पादक कम्पनी टाटाका गाडीहरु नेपाली बजारमा चर्चित रहेका छन् । ट्रक र बसहरुजस्तै टाटाका कारहरुले पनि नेपाली बजारमा राम्रो स्थान पाउन थालेका छन् । टाटाले पछिल्लो समय बजारमा ल्याएको इण्डिका मोडेलका कारहरु नेपाली उपभोक्ताले रुचाएका छन् । त्यसमा पनि इन्डिका भिष्टाको बिक्री उच्च रहेको टाटा गाडीको नेपालका लागि आधिकारीक विक्रेता सिपर्दीले जनाएको छ । मध्यम वर्गलाई लक्षित गरेर ल्याएको यो मोडल डिजेल र पेट्रोल दूबै इञ्जिनमा उपलब्ध रहेको छ । १२९८ देखि १३६८ सीसी इञ्जिन क्षमता भएको यो गाडिको नेपाली बजारमा १८ लाख रुपैयाँदेखि २६ लाख ९५ हजार रुपैयाँसम्म पर्छ । - See more at:
 

Source:

Onlinekhabar.com

Trending Items View all
Recent Reviews
Sony RX100 III
Jul 15th 2014
9
Samsung Galaxy S5
Jun 27th 2014
8
Sony PS4
Nov 25th 2013
7
6
Samsung Galaxy S4 Mini
Jul 29th 2013
7
Sony Xperia Tablet Z
Jun 11th 2013
7
Nokia Lumia 720
Apr 16th 2013
6
Follow Us On Facebook
What's New?
Feb 11, 2016
Jan 21, 2016
Jan 21, 2016