Huawei GR5
Apple iMac with retina display
Samsung Galaxy S6 Edge
Nikon D5500
Samsung Gear S2
iPad Air 2
FILE UNDER: Software
Posted By: Merogadget, Posted on: Mar 25th 2013, 12:53PM

मोबाइल फोन, यो अनि आवश्यकताको साधन बनिसकेको छ। आफन्त तथा साथीभाईसँग मात्र होइन व्यवसायका लागि पनि सम्पर्कको माध्यम नै बनिसकेको छ यो।यो सानो उपकरणले नै विश्व एउटा गाउँ भएको अनुभूति गराउँछ। त्यसो त यो साधन स्टाटस सिम्बोल पनि बनिसकेको छ। कुन ब्राण्ड अनि कति मुल्यको भन्ने कुराले पनि धेरै महत्व राख्न थालेको छ। उत्पादक सोच देखी अध्ययन र कारोबारको माध्यम सम्म बनेको मोबाइल स्मार्ट प्रविधिका साथ चतुरो बनिसकेको छ। त्यसैले मोबाइल फोन बोक्नेहरुले यसमा रहेका सुविधाबाट मख्ख मात्र होइन चलाउँदा सावधानी पनि अपनाउनुपर्छ।

अध्ययनहरुले विभिन्न एप डाउनलोड गर्दा वा असुरक्षित नेटवर्कसँग जोडिँदा स्मार्टफोनमा भाइरस र स्पामको खतरा हुने बताइरहेका छन्। यसखालको भाइरस र स्पाम आक्रमणबाट जोगिनका लागि तपाइँले आफ्नो मोबाइलमा एन्टीभाइरस सफ्टवेयर राख्नु आवश्यक हुन्छ। वास्तवमा यो कम्प्युटरमा एन्टीभाइरस राख्नु जस्तै हो। कम्प्युटरमा जस्तै मोबाइलका लागि पनि विभिन्न सफ्टवेयर निर्माताले निशुल्क एन्टीभाइरसहरु उपलब्ध गराइरहेका हुन्छन्। ती मध्ये चुनिएका र धेरै एण्ड्रोइड प्रयोगकर्ताले सुरक्षाका लागि राख्ने गरेका यी हुन्

एभास्ट:

 

कम्प्युटरका लागि यही नाममा एन्टीभाइरस विकास गरेको कम्पनीले तयार पारेको यो एन्टीभाइरसले मोबाइललाई भाइरस आक्रमण तथा स्पामरबाट सुरक्षित राख्दछ। यसले मोबाइलका साथै ट्याब्लेटमा पनि गोपनीयता, भाइरस आक्रमण साथै स्पामबाट सुरक्षा दिन्छ। 

 

एभीजी:

 

कम्प्युटर तथा मोबाइल उपकरणमा भाइरसबाट जोगाउनका लागि विश्वभर निशुल्क प्रयोग हुने एन्टीभाइरस मध्ये लोकप्रियमा पर्छ एभीजी एन्टीभाइरस। स्मार्टफोनका लागि पनि एभीजीले निशुल्क वितरणका लागि एन्टीभाइरस बनाएको छ। जसले भाइरस, स्पाम, मलवेर र स्पाइवेयरबाट मात्र होइन मोबाइल चोरी हुनबाट पनि जोगाउँछ। यो एन्टीभाइरसले तपाइँको एन्ड्रोइड फोनमा तपाइँका एसएमएस साथै नीजि डाटा सुरक्षित राख्नमा सहयोग गर्छ।

 

कोमोडो :

 

कोमोडो मोबाइल सेक्युरिटीले रियल टाइममा तपाइँको मोबाइल फोनमा उत्पन्न हुने कुनै पनि सुरक्षा चुनौतीलाई समाधान गर्छ। यसले मोबाइलमा भाइरस, स्पाइवेयर, स्पामबाट मात्र होइन विभिन्न सुरक्षाका दृष्टिले सम्झौता गर्नुपर्ने एपहरुबाट उत्पन्न हुने खतराबाट पनि जोगाउँछ। साथै यसले मोबाइलमा तपाइँले गरेको सेटिका कारण हुन सक्ने खतराबाट पनि जोगाउँछ। मोबाइलमा भएका गोप्य कुराकानी र एसएमएसका लागि यसले छुट्टै नीजि क्षेत्र पनि तयार गर्छ। जसका कारण तपाइँको श्रीमती वा छोराछोरीले मोबाइल चलाउँदा ती कुराहरु गोप्य नै रहन्छन्।

Source:

Various Agencies

Trending Items View all
Recent Reviews
Sony RX100 III
Jul 15th 2014
9
Samsung Galaxy S5
Jun 27th 2014
8
Sony PS4
Nov 25th 2013
7
6
Samsung Galaxy S4 Mini
Jul 29th 2013
7
Sony Xperia Tablet Z
Jun 11th 2013
7
Nokia Lumia 720
Apr 16th 2013
6
Follow Us On Facebook
What's New?
Feb 11, 2016
Jan 21, 2016
Jan 21, 2016