Huawei GR5
Apple iMac with retina display
Samsung Galaxy S6 Edge
Nikon D5500
Samsung Gear S2
iPad Air 2
FILE UNDER: Displays
Posted By: Merogadget, Posted on: Jan 6th 2013, 4:01PM

दक्षिण कोरियाली कम्पनी एल जी ले ५५ इन्चको टेलिभिजन बजारमा ल्याउने भएको छ । अत्याधुनिक ओएलइडी अर्थात् अर्गानिक लाइट इमिटिङ डायोड स्त्रिmन भएको यो टेलिभिजन फेब्रुअरी महिनामा बजारमा ल्याउने तयारी एलजीको रहेको छ । आफ्नो प्रतिस्पर्धी कम्पनी सामसुङलाई टक्कर दिने गरी एल जी ले यो अत्याधुनिक टेलिभिजनको अर्डर लिन सुरु गरिसकेको छ ।

एल जी र सामसुङ दुबैले एक वर्ष अघि नै ५५ इन्चको ओलइडी टिभीको मोडेल सार्वजनिक गरिसकेका भएपनि अहिलेसम्म दुबैले त्यसलाई बजारमा ल्याउन सकेका छैनन् । बजारमा रहेका आधुनिक एलसिडी स्त्रिनका टेलिभिजन भन्दा नया पुस्ताको ओएलइडी टिभी एलसिडी टिभी भन्दा ५ गुणा महंगो समेत हुनेछ ।

ओएलइडी प्रविधि विद्युतिय प्रविधिको भविष्य मानिएको छ, जसले टेलिभिजन, कम्प्युटर, ट्याब्लेट तथा स्मार्टफोन प्रयोगकर्तालाई नया अनुभव दिलाउने विश्वास लिइएको छ । ओएलइडी प्रविधिका विद्युतिय उपकरण उर्जामैत्री हुने र कम उर्जा खपत गर्ने बताइएको छ ।

विश्वको दोश्रो ठूलो टिभी निर्माता एल जी ले फेब्रुअरीको पहिलो हप्तादेखि नै यो ५५ इन्चको ओएलइडी टिभी दक्षिण कोरियाली उपभोक्ताको लागि उपलब्ध हुने र यो वर्षको पहिलो त्रैमासिक भित्रमा अमेरिका, युरोप तथा एसियाका अरु बजारमा उपलब्ध हुने बताइएको छ । 

Source:

LG

Trending Items View all
Recent Reviews
Sony RX100 III
Jul 15th 2014
9
Samsung Galaxy S5
Jun 27th 2014
8
Sony PS4
Nov 25th 2013
7
6
Samsung Galaxy S4 Mini
Jul 29th 2013
7
Sony Xperia Tablet Z
Jun 11th 2013
7
Nokia Lumia 720
Apr 16th 2013
6
Follow Us On Facebook
What's New?
Feb 11, 2016
Jan 21, 2016
Jan 21, 2016