Huawei GR5
Apple iMac with retina display
Samsung Galaxy S6 Edge
Nikon D5500
Samsung Gear S2
iPad Air 2
FILE UNDER: Peripherals
Posted By: Merogadget, Posted on: Dec 5th 2012, 1:36PM

घर सजाउनका लागि गमलामा बोन्साइ रोप्नु आमबात हो। तर अब विस्तारै घरमा मोबाइल चार्ज गर्नका लागि बोन्साइ ल्याउने तयारी गर्नुभए हुन्छ। किनभने फ्रान्सका एक डिजाइनरले तपाइँले अचम्म मान्ने बोन्साइको रुख तयार पारेका छन्। जसले तपाइँको घरलाई त सुन्दर बनाउँछ नै तपाइँको मोबाइल पनि चार्ज गरिदिन्छ। त्यो पनि आफैले विद्युत उत्पादन गरेर। फ्रान्सेली डिजाइनर वीवीयन मुलरले तयार पारेको नयाँ बोन्साइको रुखले घामबाट विद्युत उत्पादन गरेर तपाइँको मोबाइल मात्र होइन क्यामेरा, ट्याब्लेट समेत चार्ज गरिदिन्छ। द इलेक्ट्री प्लस नाम दिइएको उक्त बोन्साइमा २७ सिलिकन सौर्य प्यानल रहेका छन्। जसको आकार रुखको पातका रुपमा बनाइएको छ। उक्त बोन्साइलाई घर सजाउनका लागि आफूले चाहेको तरिकाले त्यसका पातहरु मिलाउन सकिन्छ। डिजाइनर मुलरले आफूलाई घर सजाउनका लागि प्रयोग हुने बोन्साइले यस खालको नयाँ रुख सृजना गर्नका लागि प्रेरणा मिलेको बताएका छन्। उनले बोन्साइका पात जस्तै गरेर सौर्य प्यानल राखेकाले यो सामान्य बोन्साइ मात्र नरहेको दाबी गरे। डेली मेलले यो बोन्साइको काण्ड भागमा राखिएको ब्याट्रीले घाममा उत्पन्न भएको उर्जालाई भण्डारण गरेर राख्ने उल्लेख गरेको छ। जसले गर्दा आवश्यक परेको समयमा बोन्साइबाट मोबाइल र अन्य ग्याजेट चार्ज गर्न सकिन्छ। यसका डिजाइनर मुलरले यसको व्यवसायिक उत्पादनका लागि ४०० अर्डर कुरेर बसिरहेका छन्। यो बजारमा दुईसय ८३ पाउण्डमा उपलब्ध हुनेछ। 

Source:

agencies

Trending Items View all
Recent Reviews
Sony RX100 III
Jul 15th 2014
9
Samsung Galaxy S5
Jun 27th 2014
8
Sony PS4
Nov 25th 2013
7
6
Samsung Galaxy S4 Mini
Jul 29th 2013
7
Sony Xperia Tablet Z
Jun 11th 2013
7
Nokia Lumia 720
Apr 16th 2013
6
Follow Us On Facebook
What's New?
Feb 11, 2016
Jan 21, 2016
Jan 21, 2016